देश । थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशमा १६ जना र कंचनपुरमा १ जनामा संक्रमण पुष्टी भएको हो । गण्डकी प्रदेश अन्तर्गतको जिल्लाहरु बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञाप्ति जारी गर्दै जानकारी दिएको छ ।
संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् । यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसैगरी कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएका नेपालीहरुको स्वाब संकलन गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
261SHARES








