युट्युबमा ‘लभ यु हमेशा’ (भिडियो)

फिल्म । लकडाउनकै बीच फिल्म ‘लभ यु हमेशा’ युट्युबमा सार्वजनिक गरिएको छ । गत वर्षको मंसिर १३ रिलिज भएको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । यवन गुरुङको निर्माणमा बनेको फिल्ममा निर्देशक प्रधानकै लेखन रहेको छ । यसमा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको सिनेमाटोग्राफर शिब ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्