फिल्म । मङ्सिर २८ बाट प्रदर्शनमा आउने घोषणासँगै निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गरेका चाहन । सामाजीक प्रेमकथामा निर्माण भएको फिल्मलाई किरण नेपालीले निर्माण गरेका हुन् भने यसलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान,अर्जुन गुरुङ,नवीन रेग्मी,प्रशान्त भण्डारी,दामोदर खतिवडा,प्रिया रिजाल,हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गरेको फिल्मको स्क्रिप्ट पनि निर्देशक साने आफैले लेखेका हुन् ।
सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोली जयराम थापाले खिचेका हुन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् । यसअघि लाटी, बृन्द्राबन,बिरंगानालगायतका फिल्म निर्देशन गरेको निर्देशक सानेले डोलीमा भरपुर मनोरञ्जनका साथमा समाजोपयोगी सन्देश समेत रहेको बताउँछन् । फिल्मको बितरण आरआर फिल्मस् र जिजिए गु्रपले गर्दैछ ।