थपिए ९ संक्रमित

देश । नेपालमा झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका रहेका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् । यसैगरी संक्रमित मध्ये उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्