मकवानपुरले घोषणा गर्यो सम्मान तथा पुरस्कार

फिल्म । चलचित्र पत्रकार संघ , नेपालले आउँदो जेष्ठ ७ गते पर्ने स्थापना दिवसको असरमा प्रदान गरिने ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ यो वर्ष वितरण नगर्ने जनाई सकेको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी भइरहेको अवस्थामा सम्मान तथा पुरस्कार घोषणा नगर्ने तर आउँदो वर्ष भने राशी बढाउने जनाएको छ । यद्दपी चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले भने मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ ।

शाखा अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा बसेको संघको बैठकले चलचित्र पत्रकारिता दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुर रहेर गोरखापत्रमा कार्यरत पत्रकार राममणी दाहाल पुरस्कृत गर्ने भएको छ । यसैगरी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पुर्व अध्यक्ष बिदुर गिरी र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट मकवानपुरबाट कलाकारीतामा लागेका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई सम्मान गर्ने निर्णय गरेको हो ।

‘हामीले वैठक बसेपछि घोषणा छलफल भए अनुसार सम्मानित र पुरस्कृतको नाम घोषणा गरेका हौँ । अवस्था सामान्य भएपछी एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गर्नेछौ’ अध्यक्ष गौतमले भने । पुरस्कृत दाहाललाई नगद पाँच हजार सहित ताम्रपत्र ,गिरीलाई नगद ११ हजार १ सय ११ रुपैयाँको रासी सहित सम्मानपत्र र लामालाई दोसाल्ला ओडाएर सम्मानपत्रले सम्मान गरीने भएको छ ।

कमेन्ट गर्नुहोस्