प्रदेश २ सँगको सीमा सिल गर्न आग्रह

देश । नेपालमा गत सोमबार र मंगलवार दुइ दिनमै कोरोना भाइरस (कोभिड १९) को संक्रमित ह्वात्तै बढे । विशेष गरि प्रदेश नम्बर २ को पर्सा जिल्लामा बढी मात्रामा कोरोना संक्रमित भेटिरहेका छन् । यसै बीच मंगलबार बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग जोडिएको मकवानपुरको चुरिया नाकासहित सम्पूर्ण नाकालाई तत्काल सिल गर्न संघीय सरकारलाई आग्रह गरेको हो ।

विशेष गरी तराईका जिल्लाहरु बारा, पर्सा र रौतहटमा कोरोना संक्रमणको दर बढेसँगै वाग्मती प्रदेशमा यात्रुहरुलाई भित्रिन नदिनका लागि तत्काल प्रदेशको नाका सिल गर्न संघीय सरकारलाई आग्रह गरिएको बताएको छ । मन्त्रिपरिषद्को बैठकले एम्बुलेन्स तथा अन्य साना सवारीहरुले तराइका जिल्लाबाट यात्रु वाग्मती प्रदेशमा ल्याइरहेको सूचना आएकाले उनीहरुलाई थप निगरानी र जाँचमा समेत कडाई गर्न निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्