यशसँग तमन्नाको जोडी ?

फिल्म । कन्नड अभिनेता यशको चर्चा बढाउने फिल्ममा पर्छ , केजीइफ । यो फिल्म भन्दा अगाडी उनि सामान्य थिए तर यतिबेला अवस्था फेरिएको छ । यतिबेला केजीएफको सिक्वेलको प्रतिक्षा फ्यानमा निकै छ । उनको फिल्मलाई लिएर विभिन्न चर्चा भइरहेका छन् । केजीएफले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । त्यसैले गर्दा पनि यसको सिक्वेलको प्रतिक्षा हुनु स्वाभाविक नै हो ।

यिनै यशले अब नयाँ फिल्म के गर्छन् भन्ने चर्चा पनि सुरु भएको छ । कन्नडसँगै साउथ इण्डियन फिल्मको ठुलो नाम बनेका यशले केजीएफ मार्फत बलिउडमा पनि उत्तिकै फ्यान बनाएका छन् । यिनै यशको जोडीको रुपमा आउँदो फिल्ममा तमन्ना भाटिया देखिने सम्भावना बढेको छ । यशले पछिल्लो समय कन्नड निर्देशक नार्थनको फिल्ममा काम गर्ने सम्भावना बढेको छ । जुन फिल्मको लागि तमन्नाको नाम अगाडी आएको छ ।

यद्दपी यशले कुनै सहमति भने दिएका छैनन् । ‘हाम्रो कुरा भएको २ वर्ष भईसकेको छ तर स्क्रिप्ट पूर्ण रुपमा नआउँदा अझै लिखित सम्झौता भएको छैन’ नार्थनले भने । यद्दपी उनले यशलाई सुहाउने कथा र स्क्रीनप्ले तयार गर्न आफ्नो टिमले दिनरात मेहनत गरिरहेको बताएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्