विदेश । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) को पुष्टी भयो । त्यसपछि महामारीको रुपमा फैलिएको यो भाइरस पछिल्लो समय विश्वकै टाउको दुखाइ बनेको छ । यतिबेला विश्वका अधिकांस सम्वृद्ध देश यसको औषधिको खोजि गरिरहेका छन् । तर , अहिलेसम्म सफलता मिलेको छैन । यद्दपी कोरोना भाइरसको उद्गम स्थल वुहान सहरमा एक महिना अगाडी लकडाउन हटाइयो । त्यसपछि विस्तारै सामान्य बनाउन थालिएको वुहानमा विद्यालय पनि खुलेका छन् । पछिल्लो ३२ दिनयता वुहान मात्र नभई हुबेई प्रान्तमा नै कुनै पनि नयाँ संक्रमित फेला नपरेपछि विद्यालय खोलिएको हो ।
आज(बुधबार) देखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् ।विद्यालय खुले पनि विद्यार्थीहरुले विद्यालय जानुभन्दा अगाडि कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्नु अनिवार्य गरिएको छ । चीनको अन्य प्रान्तका १२ कक्षाका विद्यार्थीहरु यसअघि गत मार्चदेखि नै विद्यालय जान थालेका थिए । बुहानमा एक सय २१ विद्यालयहरु खुलेकाछन् । जहाँ ५७ हजार आठ सय विद्यार्थीहरु विद्यालय फर्किएको बताइएको छ । (एजेन्सी)










