फिल्म । लकडाउनको कारण यतिबेला विश्वनै ठप्प छ । विश्वका अधिकांस देश लकडाउन गरेर सामाजिक दुरी कायम गर्दै कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न प्रतिबद्ध छन् । यसै क्रममा एकले अर्कालाई सहयोग गर्नेको संख्या बढ्दो छ । केहि दिन अगाडी भारतमा एक ट्रकमा एक केजी पिठोको प्याकेट बनाएर वितरण गरियो ।
एक केजी पिठो भएकाले छाक टार्नै मुस्किल भएका मात्र सहयोग लिन पुगे । तर , उक्त पिठोको प्याकेट भित्र १५ हजार नगद पनि राखिएको थियो । केहि दिन यता सोशल मीडियामा एक पोस्ट भाइरल भयो जसमा दावी गरिएको थियो की आमिर खानले २३ अप्रिलमा भारतको दिल्लीको एक स्थानमा ट्रकभरी पिठोको एक-एक किलोका प्याकेट पठाए र हरेक प्याकेटमा १५ हजार रुपैयाँ राखिएको थियो ।
यद्दपी यसलाई आमिरले अस्विकार गरेका छन् । आमिर आँफैले ट्वीट गर्दै यो खबर झुटो रहेको तर कसैले परिचय नखुलाई यस्तो गरेको अथवा अफवाह रहेको बताएका छन् । यद्दपी उनले यस्तो काम गर्ने दिलदार भएको भन्दै तारिफ पनि गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘साथीहरु, म त्यो मानिस होईन जसले आटामा पैसा राखेर बाँडिरहेको छ । या त यो फेक स्टोरी हो या कोहि रबिन हुड आफ्नो परिचय दिन चाहँदैन । सुरक्षित रहनुहोस्, सबैलाई माया छ’ ।
Guys, I am not the person putting money in wheat bags. Its either a fake story completely, or Robin Hood doesn't want to reveal himself!
— Aamir Khan (@aamir_khan) May 4, 2020
Stay safe.
Love.
a.











