विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ६ हजार ४ सय ९५ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् ।
पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली तथा फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको दर बढ्दो छ । अमेरिकामा मृतक संख्या ५४ हजार ८ सय ६५ पुगेको छ भने इटाली मृतक संख्या २६ हजार ६ सय ४४ पुगेको छ । यसैगरी अमेरिकामा संक्रमितको संख्या ९ लाख ६४ हजार ९ सय ३७ पुगेको छ भने इटालीमा संक्रमितको संख्या १ लाख ९७ हजार ६ सय ७५ जना पुगेको छ । अमेरिकामा १ लाख ९ हजार जना संक्रमण मुक्त भएका छन् भने इटालीमा ६४ हजार ९ सय २८ जना संक्रमण मुक्त भएका हुन् ।
स्पेनमा मृतक संख्या २३ हजार १ सय ९० पुगेको छ भने संक्रमितको संख्या २ लाख २६ हजार ६ सय २९ जना पुगेको छ । फ्रान्समा मृतक संख्या २२ हजार ८ सय ५६ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६२ हजार २ सय २० पुगेको छ । बेलायतमा मृतक संख्या २० हजार ७ सय ९४ जना र संक्रमितको संख्या १ लाख ५४ हजार ३७ जना पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ५ हजार ९ सय ७६ जना रहेको छ भने यहा १ लाख ५७ हजार ७ सय ७० जना संक्रमित रहेका छन् ।(एजेन्सी)












