भारतमा बढ्दैछ कोरोना कहर

विदेश । कोरोना भाइरस (कोभिड १९) को महामारी पछिल्लो समय भारतमा पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय ९० नयाँ संक्रमित भेटिएका छन् भने १ सय ३ जनाको मृत्यु भएको छ । भारतले केहि समय यता लकडाउन खुकुलो बनाएको थियो । जसले गर्दा संक्रमित बढेको हुन् सक्ने अनुमान अन्तराष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ८ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या ५६ हजार ३ सय ४२ पुगेको छ । यसैगरी भारतमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १६ हजार ५ सय ३९ पुगेको छ । गत २४ घण्टामा भारतमा १ हजार २ सय ७३ जना भने निको भएर डिस्चार्ज भएका छन् ।

कमेन्ट गर्नुहोस्