कोरोना भाइरसबाट २ लाख बढीको मृत्यु

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २८ लाख ९३ हजार ७ सय २९ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख २ हजार ६ सय ६८ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ८ लाख ३६ हजार ७ सय २२ जना निको भएका छन् ।

पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली तथा फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको दर बढ्दो छ । अमेरिकामा मृतक संख्या ५४ हजार २ सय ५६ पुगेको छ भने इटाली मृतक संख्या २६ हजार ३ सय ८४ पुगेको छ । यसैगरी अमेरिकामा संक्रमितको संख्या ९ लाख ६० हजार ६ सय ५१ पुगेको छ भने इटालीमा संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ जना पुगेको छ । अमेरिकामा १ लाख १८ हजार १ सय ६२ जना संक्रमण मुक्त भएका छन् भने इटालीमा ६३ हजार १ सय २० जना संक्रमण मुक्त भएका हुन् ।

स्पेनमा मृतक संख्या २२ हजार ९ सय २ पुगेको छ भने संक्रमितको संख्या २ लाख २३ हजार ७ सय ५९ जना पुगेको छ । फ्रान्समा मृतक संख्या २२ हजार ६ सय १४ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६१ हजार ४ सय ८८ पुगेको छ । बेलायतमा मृतक संख्या २० हजार ३ सय १९ जना र संक्रमितको संख्या १ लाख ४८ हजार ३ सय ७७ जना पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ५ हजार ८ सय ७७ जना रहेको छ भने यहा १ लाख ५६ हजार ५ सय १३ जना संक्रमित रहेका छन् ।(एजेन्सी)

कमेन्ट गर्नुहोस्