फिल्म । नेपाली फिल्मका पछिल्लो समयका सर्वाधिक महंगा कलाकार हुन् , अनमोल केसी । उनलाई एक फिल्म गरेवापत नै निर्माण पक्षले ४० लाखसम्म दिएका छन् । युवापुस्ता माँझ उनको स्टारडम पनि उत्तिकै छ । यसैलाई मध्यनजर गर्दै निर्माताले उनीमाथि लगानी गर्छन् । तर , यिनै अनमोल पछिल्लो विपदको समयमा भने मौन छन् । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका अधिकांस देश लकडाउनमा छन् । सामाजिक दुरी बढाएर कोरोना भाइरस फैलिन नपाउने हुँदा नेपाल पनि गत चैत्र ११ देखि लकडाउन छ ।
यसकारण पनि दैनिक जीवन कस्टकर बन्दै छ । नेपाली फिल्मसँग जोडिएका श्रमजिवी फिल्मकर्मी \ प्राविधिकहरुलाई समास्या छ । यो समयमा केहि पफिल्मकर्मीले सहयोगी हात अगाडी ल्याएका छन् । तर , अनमोल भने चुपचाप छन् । नेपाली फिल्मका महंगा नायक मार्फत धेरैलाई आश थियो । तर , अहिले सम्म उनले सहयोगी हात अगाडी बढाएका छैनन् ।
अनमोल आफ्नो फिल्मको रिलिजको समयमा भन्दा अरु समयमा खासै बाहिर देखिने कलाकार होइनन् । रिजर्भ बस्न उनीबाट अरु कसैले सिकुन । तर , यस्तो समयमा उनि रिजर्भ नै रहनु उपयुक्त हो त ? यो प्रश्न फिल्मनगरीमा उठ्न थालेको छ ।












