‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ हुँदै

फिल्म । चलचित्र निर्देशक समाजको आयोजनामा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशको विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा हुने फेस्टिभललाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो । विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृतचित्रले यस फेस्टिभलमा सहभागीता जनाउन सक्नेछन् ।

हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका महोत्सवको विशेष प्रथामिकतामा पर्नेछ । यसमा सहभागीता हुन चाँहने फिल्मले यहि असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् ।

विभिन्न राष्ट्रियस्तरका कलाकर्मीको समेत सहभागीता रहने महोत्सवमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका विभिन्न कार्यक्रम समेत आयोजना हुने निर्देशक समाजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्