फिल्म । बलिउड अभिनेता आमिर खान आफ्नो फिल्मका कारण चर्चामा हुने गर्छन । उनले गर्ने अभिनयसंगै छनौट गर्ने विषयले दर्शकको मात्र नभई समिक्षकको पनि तारिफ पाउने गर्छ । उनले विशेषत आफ्नो भूमिकालाई बढी जोड दिने गर्छन । तर , उनकी छोरी इरा खान भने आफ्नो बोल्ड फोटोका कारण चर्चामा छिन् । उनले बलिउडमा एक्ट्रेसको रुपमा डेब्यु नगर्दै एक थियटर प्लेलाई निर्देशन गरेकी छिन् ।
थियटर प्ले मार्फत केहि चर्चा बटुलेकी इराले विशेष चर्चा आफ्ना तस्वीर मार्फत बटुलेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा केहि शुट गरिएको तस्वीर पोष्ट गरेकी छिन् । जसले उनलाई चर्चामा ल्याएको हो । यी तस्वीरहरु मार्फत उनले आफु बलिउडमा आउँन तयार रहेको संकेत गरेकी छिन् । उनि आमिरकी जेठी श्रीमती रिना दत्त तर्फकी छोरी हुन् ।
कमेन्ट गर्नुहोस्










