विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २४ लाख ९४ हजार ९ सय १५ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७१ हजार २ सय ४९ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ६ लाख ५८ हजार ९ जना निको भएका छन् ।
पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली तथा फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको दर बढ्दो छ । अमेरिकामा मृतक संख्या ४२ हजार ८ सय ९७ पुगेको छ भने इटाली मृतक संख्या २४ हजार १ सय १४ पुगेको छ । यसैगरी अमेरिकामा संक्रमितको संख्या ७ लाख ९९ हजार ५ सय १५ पुगेको छ भने इटालीमा संक्रमितको संख्या १ लाख ८१ हजार २ सय २८ जना पुगेको छ । अमेरिकामा ७३ हजार ३ सय ७३ जना संक्रमण मुक्त भएका छन् भने इटालीमा ४८ हजार ८ सय ७७ जना संक्रमण मुक्त भएका हुन् ।
स्पेनमा मृतक संख्या २१ हजार २ सय ८२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ४ हजार १ सय ७८ जना पुगेको छ । फ्रान्समा मृतक संख्या २० हजार २ सय ६५ पुगेको छ भने संक्रमितको संख्या १ लाख १४ हजार ६ सय ५७ पुगेको छ । बेलायतमा मृतक संख्या १६ हजार ५ सय ९ र संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ४३ पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ४ हजार ८ सय ६२ जना रहेको छ भने यहा १ लाख ४७ हजार ६२ जना संक्रमित रहेका छन् ।
(एजेन्सी) (एजेन्सी)











