फिल्म । विद्या बालन पछिल्लो समयकी सफ्फल हिरोइन मध्येकी एक हुन् । परिनिता मार्फत बलिउडमा पाइला टेकेकी विद्याले त्यसपछि मुन्नाभाई एबबिबिएस , डर्टी पिक्चर , कहानी लगायतका फिल्म मार्फत आफ्नो क्षमतालाई प्रस्तुत गरिसकेकी छिन् । फिल्मी ब्याकग्राउण्ड नभएको परिवारबाट बलिउडसम्मको यात्रा तय गरेकी विद्याले यो सफलता पाउन भने निकै स्ट्रगल गरिन् । एड , म्युजिक भिडियो हुँदै फिल्ममा आएकी विद्याले एकसाथ १२ फिल्म साइन गरेर छाड्नु पनि परेको थियो । ति सम्पूर्ण अवस्थामा आफुलाई स्ट्रोङ बनाउदै उनले सफलताको यात्रा पुरा गरिन् ।
विद्यालाई कलाकार बन्ने रहर थियो । तर , बलिउडमा उनको सम्पर्क थिएन । त्यसैले गर्दा उनले स्ट्रगल निकै गरिन् । उनले टेलिभिजनमा एक शो पाएकी थिइन् , तर त्यो रिलिज भएन । यस्तो उनिसँग धेरै पटक भएको छ । उनले टिभीमा पहिलोपटक काम गरेको सिरियल हो ‘हम पाँच’ । तात्कालिन समयको हिट सिरियल भएको कारण विद्याले आफ्नो आमाबाट काम गर्ने अनुमति पाएकी थिइन् ।
तर , त्यहाँ उनले एक डेढ वर्ष मात्र काम गरिन् । किनकी उनको पढाइमा असर गरिरहेको थियो भने सिरियलमा उनको रोल पनि कम गर्न थालिएको थियो । त्यसपछि कलेजको पढाइलाई निरन्तरता दिईरहेकी विद्यालाई एक टेलिभिजन एडको अफर भयो । तर , त्यसमा उनले ८ वर्षको छोरीको आमा बन्नु पर्ने थियो । उनले एड नगर्ने निर्णय गरिन् । तर , उनकी आमाले गर्न सुझाइन ।
कलेजको पढाइमा असर नगर्ने भएकोले उनले एड गरिन् । पहिलो एडपछी उनले लगातार ९० एडमा काम गरिन् । ‘मलाइ लगातार एड अफर हुन् थाल्यो । मेरो पढाइमा असर नगर्ने भएकोले मैले कामलाई निरन्तरता दिए । त्यसपछि मैले साउथमा एक एड गरे । र , त्यहिँ मलाइ मोहनलालसँग फिल्म अफर भयो’ विद्याले भनिन् । उनले फिल्मको लागि अडिसन दिनु पर्ने थियो ।
साथै , उनलाई घरको स्वीकृति पनि आवश्यक थियो । उनले आमासँग कुरा गरिन् । उनकी आमा मोहनलालको फ्यान रहेकोले फिल्म गर्ने स्वीकृति पाइन् । अडिसनबाट छनोट भएपछी उनले दुइ हप्ता जसो छायाँकन पनि गरिन् । तर , मोहनलाल र निर्देशक बीच फाटो आएपछि फिल्म रोकियो । ‘फिल्म रोकिएपनि मेरो बारेमा साउथ फिल्मनगरीमा चर्चा भईसकेको रहेछ । मलाइ फ्रेस देखेर लगातार १२ फिल्म अफर भए र मैले साइन पनि गरे’ विद्याले भनिन् ।
तर , ति फिल्मबाट विद्यालाई निकालियो । ‘मेरो डेब्यु हुन् लागेको फिल्म बन्द हुनुको कारण मलाइ दिइयो । किनकी मोहनलाल र निर्देशकले धेरै हिट फिल्म दिईसकेका थिए । यसपटक मेरो भाग्यका कारण फिल्म बनेन् भन्ने हल्ला फैलियो र म लगातार फिल्मबाट आउट भए’ उनले भनिन् । त्यो समय उनमा फ्रस्टेसन सुरु हुन् लागेको थियो । उनलाई लाग्थ्यो कि म फिल्ममा आउन सक्दिन् ।
यसैबीच उनलाई साउथकै फिल्म अफर भयो र छायाँकन पनि सुरु भयो । ‘मलाइ लाग्यो अब त सहि हुन्छ किनकी फिल्म साइन गरे र छायाँकन पनि सुरु भयो’ विद्या खुसि थिइन् । तर , त्यो खुसि धेरै समय टिकेन । किनकी त्यो फिल्म एक साता नपुग्दै रोकियो । कारण , निर्मातासँग बजेट थिएन । त्यसपछि बटुलेको साहस पनि विद्याले गुमाउन थालिन् । उनि अब फिल्मकै लागि स्ट्रगल गर्ने कि नगर्ने भन्ने फेजमा आइसकेकी थिइन् ।
तर , यो सबलाई नियाली रहेकी आमाले उनलाई आत्मबल प्रदान गरिरहेकी थिइन् । ‘म नजिकै रहेको साईबाबा मन्दिरमा गएर घण्टौ रुन्थे र मलाइ यहाँसम्म ल्यायौ अब गन्तव्यसम्म पुर्याउने तिम्रो काम हो भन्दै प्राथना गर्थे’ विद्याले भनिन् । त्यहिँ बीचमा उनलाई एउटा सेक्स कमेडी फिल्म पनि अफर भएको थियो । उनले साइन पनि गरिन् , तर काम गर्न असहज भएपछी छाडिन् । त्यसको कानुनी झमेलामा समेत उनले तनाव बेहुर्नु पर्यो । उनले भनिन् ,’त्यो समय मलाइ लाग्थ्यो किन यति धेरै समस्या आइरहेको छ , मेरो लाइफमा । मेरो फ्यामिलीले हौसला नदिएको भए म त्यो फेज पार गर्न सक्दिन थिए ।’ लगभग यस्तै किसिमको तनावमा उनले तीन वर्षको समय विताइन । त्यहिँ बीचमा उनलाई एक म्युजिक भिडियोमा अफर आयो । प्रदीप सरकारको भिडियोमा काम गर्ने अवसर उनले पाइन् ।
‘त्यो भिडियो मैले त्यहीँ काम गर्ने एक लेडीको कारण पाएको थिए । उहाँले नै दादा (प्रदीप) लाई कन्भिन्स गर्नु भयो । त्यो भिडियोको छायाँकन सकिने बेला विहानी पख मलाइ दादाले तिमिसँग फिल्म बनाउछु भन्नु भयो’ विद्याले भनिन् । तर , त्यतिबेला उनलाई त्यो सामान्य लागेको थियो । किनकी विद्याले त्यस्तो बचनबद्धता धेरैबाट पाएकी थिइन् । लगातार १२ फिल्मबाट निकालिएकी थिइन् । त्यसलाई उनले त्यसलाई हल्का रुपमा नै लिईन् ।
केहि समयपछी प्रदीपले विद्यालाई ‘परिनिता’ अफर गरे । विद्या खुसि थिइनन् किनकी छायाँकन सुरु हुनु थियो । त्यो फिल्मलाई निर्माण गर्ने भए विधु विनोद चोपडाले । त्यसपछी विद्यालाई फिल्म छायाँकन हुँदासम्म म हुदिन भन्ने लाग्यो । ‘विनोदले दादालाई नयाँ कास्टमा किन यत्रो पैसा लगाउने भनेर धेरै पटक छलफल गरेको सुनेकी थिए । त्यसैले म फिल्ममा हुन्छु भन्ने लागेको थिएन । तर , दादाले कन्भिन्स गर्नु भयो र मेरो अडिसन लिने भईयो’ विद्याले भनिन् ।
अडिसन स्वरूप फोटोशुट गरियो । उनि निकै उत्साहका साथ सहभागी भइन् । तर , त्यो क्रम त्यतिमै रोकिएन । उनले त्यसपछि गीत , सिन लगायतका दृश्यमा अडिसन दिनु पर्यो । यो क्रम एक महिना चल्यो । उनले हप्तामा एक दुइ पटक अडिसन दिन जानु पर्थ्यो । त्यो बीचमा उनलाई दिक्क लागिसकेको थियो । किनकी उनि अडिसनकै फेजमा दिक्दार भएकी थिइन् । उनि एकदिन कन्सर्टमा थिइन् । उनको मोबाइल अफ भएकोले प्रदीपले उनको साथीको नम्बरमा फोन गरे । प्रदीपको नम्बरबाट विनोदले कुरा गरे । विद्यालाई लाग्यो , तिमीलाई लिन सक्दिनँ भनेर भन्छन् । ‘म अब नेक्स्ट टाइम भन्छन् भन्नेमा थिए । विनोदले मलाइ तिमि भिडबाट बाहिर आउ भन्नु भयो । म निस्किए र मलाइ तिमि नै मेरी परिनिता हौँ भन्नु भयो । म त्यहाँ एक्लै थिए , त्यो सुन्ना साथ् रोईरहे । आँशु अचानक झरे र रोकिएनन्’ विद्याले भनिन् । त्यो समय उनलाई मेहनतको फल पाए झैँ लाग्यो । उनले एक महिनासम्मको टेस्ट र अडिसनलाई बल्ल बुझिन् ।
‘बल्ल बुझयौ हिरालाई तयार गर्न कति टाइम लाग्छ भनेर ‘विनोदको यो वाक्य सुनेर उनि झन् धेरै खुसि भइन् । त्यसपछि फिल्म बन्यो र सफल पनि रह्यो । डेब्यु फिल्ममै विद्याले सफलता पाइन् । त्यसपछि मुन्नाभाइ एमबिबिएस , डर्टी पिक्चर , काहानी लगायतका फिल्मले उनलाई बलिउडमा स्थापित अभिनेत्रीको सिढीमा अगाडी बढाउदै लग्यो । (एजेन्सी सहयोगमा)