‘ओह माई गड’को पनि सिक्वेल बन्ने ?

फिल्म । बलिउडमा रुचाइएको फिल्म मध्येको एक हो ‘ओह माई गड’ । फिल्ममा परेश रावल , अक्षय कुमार , मिथुन चक्रवती लगायतको अभिनय रहेको थियो । फिल्मले उठाएको विषयलाई दर्शकले रुचाए । कसरी धर्मका नाममा पछिल्लो समय केहिले आफ्नो व्यापार फस्टाएका छन् भन्ने यसमा देखाइएको थियो । कारण , यहि थियो फिल्मले चर्चा पायो । कन्सेप्ट पनि केहि नयाँ थियो ।

यतिबेला फिल्म ‘ओह माई गड’को सिक्वेल बन्ने चर्चा यतिबेला बलिउडमा छ । निर्माण पक्ष यसको सिक्वेल बनाउने तयारी गरिरहेका छन् । सोसल ड्रामाको फिल्मलाई प्राथमिकता दिईरहेका अक्षयले फिल्मको लागि सहमति दिईसकेपछी यतिबेला विषयवस्तुको खोजि भईरहेको बुझिएको छ । फिल्ममा फेरी दर्शकले परेश र अक्षयको केमेष्ट्री हेर्न पाउने छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्