नयाँ डेट तोक्दै हलिउडका फिल्महरु

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण अहिले ठप्प छ । विश्व नै यो महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा जीवन सामान्य तर्फ फर्किए पनि विश्व अहिले यो भाइरसको चपेटामा परेको छ । यसले गर्दा मनोरंजन क्षेत्रलाई पनि उत्तिकै असर गरेको छ । यसैक्रममा घोषित हलिउडका ठुला फिल्मले आफ्नो नयाँ रिलिज डेट घोषणा गरिरहेका छन् ।

घोषित सूचीअनुसार स्कारलेट जोनसन स्टारर ‘ब्ल्याक विडो’ अब नोभेम्बर ६ मा रिलिज हुनेछ । त्यस्तै, ‘द इटर्नल्स’ १२ फेब्रुअरी २०२१ मा रिलिज हुनेछ। उता सुपरहिरो फिल्म ‘ब्ल्याक प्यान्थर २’ ६ मे २०२२ मा मात्र हलमा आउने छ । ड्वेन जोनसन र एमिली ब्लन्ट स्टारर ‘जंगल क्रुज’ अब २० जुलाई २०२१ मा रिलिज हुनेछ। त्यसैगरी ह्यारिसन फोर्डको ‘इन्डियाना जोन्स ५’ अब २९ जुलाई २०२२ मा मात्र हलमा आउनेछ ।

त्यस्तै, एसियन सुपरहिरो फिल्म ‘सांग ची एन्ड द लिजेन्ड अफ द टेन रिंग्स’ ७ मे २०२१ मा, ‘डाक्टर स्ट्रेन्ज २’ ६ नोभेम्बर २०२१ मा तथा ‘थारः लभ एन्ड थन्डर’ १८ फेब्रुअरी २०२२ मा रिलिज तय गरिएको छ । ‘क्याप्टेन मार्बल २’ फिल्म ८ जुलाई २०२२ , जेम्स बन्ड सिरिजको २५औं फिल्म ‘नो टाइम टु डाई’ को रिलिज सात महिना पछाडि ढकेलिएको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्