टिभी । केहि दिन अगाडी मात्र कोरोणा भाइरसको संक्रमणबाट मुक्त भएका बलिउडका बिग बि अर्थात अमिताभ बच्चनले आफ्नो शो ‘कौन बनेगा करोडपति’ को छायाँकन सुरु गरेका छन् ।
अमिताभ आफैले यो शोको छायांकनका क्रममा लिइएका तस्वीर सार्वजनिक गरेर आफु काममा फर्किएको जनाएका छन् । सार्वजनिक तस्विरमा उनले सुरक्षित तरिकाले कार्यक्रम संचालन गरिरहेका देखिएका छन् । अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’को छायांकन एक महिना पछि सारिएको थियो । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











