यसकारण भन्सालीसँग टाढिएका थिए सलमान

फिल्म । पछिल्लो समय बलिउडमा संजयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आउने वितिकै चर्चा बढ्दो छ । फिल्म कहिलेबाट फ्लोरमा जान्छ र सलमानको अपोजिट कास्टमा को हुनेछिन् ? यसको चर्चा बढ्दो छ । संजयले सलमानसँग गत सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । जसलाई दर्शकले अत्यधिक रुचाएका थिए । त्यसपछी सलमानले संजयको फिल्म ‘सावरिया’ मा केमियो गरेका थिए, तर दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका थिए ।

संजयलाई उनको डेब्यु फिल्म ‘खामोसी’ मा साथ् दिएका सलमानले ‘हम दिल दे चुके सनम’ पछी भने साथ् दिएनन् । आखिर किन त ? किनकी सलमान र संजयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो । त्यसपछी सलमानले ‘साँवरिया’ मा मात्र केमियो गरे । आज हामी तपाइँलाई सलमान किन रिसाए भन्ने तथ्य बताउदैछौ । दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछी संजयले तेस्रो फिल्मको तयारी थाले । उनको तेस्रो फिल्म थियो ‘देवदास’ । उक्त फिल्ममा संजयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन् । आफुले गाह्रो दिनमा संजयलाई सहयोग गरेको तर सफल भएपछी उनले वेवास्ता गरेको लागेपछि सलमान संजयसँग टाढिए ।

त्यसपछि ‘साँवरिया’ मा भने उनका मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनाम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले सलमान केमियो गर्न तयार भएका थिए । त्यसपछी सलमानले संजयको धेरै फिल्मको अफरलाई अस्विकार गरे । तर पछिल्लो समय सलमानले आफैले लभ स्टोरीमा देखिने चाहना व्यक्त गरेपछि संजयले सुनाएको स्टोरी मन परेकाले फिल्म गर्न तयार भएका छन् । फिल्ममा सलमानको पनि शेयर रहनेछ भने फिल्मको अधिकांस निर्णयमा सलमानको पनि सहमति चाहिनेछ । यतिबेला भन्साली हिरोइनको खोजिमा छन् । उनले दीपिका पादुकोण र प्रियंका चोपडा मध्य एकलाई कास्ट गर्ने मनस्थिति पनि बनाइसकेका छन् तर फाइनल भने भएको छैन ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्