ताप्सीले शेयर गरिन् ‘घाइते हुँदाको पिडा’

17 Shares

फिल्म । एक्ट्रेस ताप्सी घाइते भएकी छिन् । पछिल्लो समय फिल्म ‘बदला’ मा देखिएकी ताप्सी नयाँ फिल्म ‘गेम ओभर’ को छायाँकनको क्रममा घाइते भएकी थिइन् । मसला फिल्मको तुलनामा आफुलाई महिलावादी फिल्ममा देखाउन रुचाउने ताप्सी फिल्ममा गेम प्रोग्रामरको भूमिकामा छिन् । स्वप्नाको भूमिका निर्वाह गरेकी ताप्सीले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै फ्यानलाई जानकारी गराएकी हुन् ।

उनले आफुले साडी लगाएर हिमालमा रोमान्टिक भएर ननाच्न चाहेर यो रोज्दा यस्तो भएको थियो, लेखेकी छिन् । उनको तस्वीर सामाजिक सञ्जालमा आउने वितिकै फ्यान्सले ‘गेट वेल सुन’ लेखिरहेका छन् । तर , उनले फिल्म ‘गेम ओभर’ को छायाँकनको पललाई सम्झिएकी हुन् । उनले उक्त समयमा २५ दिन व्हिलचेयरमा विताएकी थिइन् । आश्विन सरवननको निर्देशनमा तयार भएको फिल्म आउँदो जुन १४ मा रिलिज हुँदैछ । यस फिल्मलाई भारतमा तिन भाषामा रिलिज गरिनेछ ।

Facebook Comments