कियाराका कारण रोकियो वरुणको फिल्म ?

फिल्म । अभिनेता वरुण धवन पछिल्लो समय ब्याक टु ब्याक फिल्म गरिरहेका छन् । तर , उनक लागि शशांक खेतनको निर्देशनमा तयार हुने भनिएको फिल्म ‘मिस्टर लेले’ थ्यो । उनले शशांकसँग हम्टी शर्माकी दुलाहनिया र बद्रीनाथकी दुल्हनियामा काम गरिसकेका छन् । वरुण र शशांक मिल्ने साथी पनि हुन् । तर , पनि मिस्टर लेले सुरु हुन् सकेन ।

फिल्म सुरु नहुनुमा कियारा एड्वानी जिम्मेवार रहेको आरोप यसका निर्माता करण जोहरले लगाएका छन् । उनले कियाराले समय नदिएको कारण फिल्म सुरु नभएको बताएका हुन् । फिल्ममा वरुणको अपोजिटमा कियारा कास्ट थिइन् । तर , कियारा पछिल्लो समय अक्षय कुमारसँग लक्ष्मी बम्ब र इन्दुकी जवानी फिल्ममा व्यस्त भएपछी ‘मिस्टर लेले’ पोष्ट प्रोडक्सनमै सिमित छ ।

स्टारकास्टमा निकै ध्यान दिने भएकाले करणले शशांकलाई वरुणको जोडी फ्रेस एक्ट्रेसलाई बनाउन सुझाएका छन् । त्यसो त शशांकले नै डेब्यु गराएको जाहन्वी कपूरसँग पनि कुरा गरिएको थियो । तर , निर्धारित डेटमा उनले पनि व्यस्तता देखाईन् । हेरौ अब ,’मिस्टर लेले’ को जोडी बलिउडकी कुन एक्ट्रेस बन्छिन् ? (एजेन्सी)

कमेन्ट गर्नुहोस्