फिल्म । निर्माण समय देखि नै फिल्म ‘आरआरआर’ पर्खाइमा छ । बाहुबली सिरिजपछि निर्देशक एसएस राजमौलीले निर्देशन गरेको फिल्म भएकोले पनि पर्खाई हुनु स्वाभाविक नै हो । ‘बाहुबली’ सिरिज मार्फत भारतमा मात्र नभई विश्व भर चर्चामा रहेका निर्देशक राजमौलीले नयाँ फिल्म आरआरआर अर्थात् ट्रिपल आरमा जुनियर एन्टीआर र राम चरणलाई लिएर काम गरिरहेका छन् ।
पछिल्लो समय टलिउडका दुई ठुला स्टार एकसाथ काम गरेको यो ठुलो फिल्म हो । त्यसो त निर्देशक राजमौली पनि आफैमा एक ब्राण्ड बनिसकेका छन् । सायद यसैकारण यसफिल्मको स्याटेलाइट र डिजिटल राइट्स एक सय बत्तीस करोडमा बिक्रि भएको छ । बलिउडका सिंघम अजयसंगै आलिया भट्ट फिल्ममा देखिने चर्चा छ । यी दुइ बलिउड फिल्ममा नभई साउथ इण्डियन फिल्म ‘आरआरआर’ मा सँगै देखिन लागेका खबर बाहिरीएसँगै फ्यान खुसि भए ।
यसै क्रममा अजयले फिल्मको छायाँकन सकाईसकेका छन् । तर , आलियाले भने समय निकाल्न सकिरहेकी छैनन् । पछिल्लो समय विश्वमै फालिएको कोरोना भाइरसको संक्रमणले गर्दा सेड्युल अनुसार काम हुन् सकेको छैन । आलिया पछिल्लो समय आफ्नै प्रोडक्सनको फिल्म ‘सडक २’सँगै आयान मुखर्जी र संजय लीला भन्सालीको फिल्ममा काम गरिरहेकी छिन् । यसैले गर्दा पनि आलियाले समय दिन सकेकी छैनन् ।
तिन सय करोडको बजेटमा तयार भईरहेको फिल्मले स्याटेलाइट र डिजिटल राइट्स मार्फत नै आधा लगानी उठाएको छ । निर्देशक राजमौलीले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘आरआरआर’ को रिलिज डेट सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्म आउँदो वर्षको जनवरी ८ मा रिलिज गर्ने तयारी थालेको छ । (एजेन्सी)












