नेपाली बक्सअफिसमा कस्तो छ ‘अवतार ३’ ?

फिल्म । हलिउडको बहुप्रतीक्षित फिल्म ‘अवतार : फायर एन्ड एश’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । विशेषगरी ‘अवतार’ शृंखलाको तेस्रो भागले प्रदर्शनको सुरुआती दिनमै बलियो उपस्थिति जनाएको छ ।

१ सय ९७ मिनेट लामो रनटाइम रहेको ‘अवतार : फायर एन्ड एश’ ले मिश्रित समीक्षाका बाबजुद शुक्रबार र शनिबार नेपालमा राम्रो व्यापार गरेको छ । रिलिजअघि नै फिल्मले नेपालमा करिब ७० लाख रुपैयाँको अग्रिम टिकट बिक्री गरेको थियो, जसले दर्शकमाझ यसको क्रेज स्पष्ट देखाएको थियो।

प्रदर्शनको शुक्रबार, शनिबार र आइतबार मध्यान्हसम्म फिल्मले नेपालमा २ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । लामो समयपछि कुनै हलिउड फिल्मले नेपाली बजारमा २ करोडभन्दा माथिको सप्ताहन्त ओपनिङ गर्न सफल भएको हो।

यद्यपि, फिल्मप्रति आएका समीक्षाहरू मिश्रित रहेकाले यसले आगामी दिनमा कति लामो दूरी तय गर्छ भन्ने विषयमा भने अन्योल देखिएको छ। दर्शकको प्रतिक्रिया र ‘वर्ड अफ माउथ’ ले नै अब फिल्मको व्यापारिक यात्रालाई निर्धारण गर्ने देखिन्छ।

कमेन्ट गर्नुहोस्