फिल्म । ऋषभ शेट्टीको फिल्म ‘कन्तारा: च्याप्टर १’ भारतमा दुईसय करोड क्लब प्रवेश गरेको छ । अर्थात् फिल्मले बुधवारसम्म हिन्दी भाषामा एक सय तीन करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । फिल्मले आगामी दिपावलीसम्म दर्शकको साथ् पाउने अपेक्षा गरिएको छ ।
भारतीय मिडियाका अनुसार उक्त फिल्मले बिहीबार १८.५० करोड, शुक्रबार १३.५० करोड, शनिबार २० करोड, आइतबार २३ करोड, सोमबार ८.७० करोड, मङ्गलबार ११.२० करोड र बुधबार ८.२० करोड रुपैयाँको व्यापार हिन्दी भाषामा रिलिज भए वापत मात्र गरेको छ । यस्तै, कन्नड संस्करणले ९९ करोड र तेलुगु संस्करणले ६० करोडभन्दा बढी व्यापार गरेको बताइएको छ । मलायलम र तामिल संस्करणहरूले पनि समान रूपमा २० करोडभन्दा बढी व्यापार भएको अनुमान गरिएको छ ।
कन्नड भाषाको महाकाव्यात्मक काल्पनिक एक्सन ड्रामा फिल्मलाई ऋषभ शेट्टीले नै लेखन, निर्देशन गरेका छन् । फिल्ममा निर्देशक शेट्टीसँगै रुक्मिणी वासन्त, जयराम र गुलशन देवैया मुख्य भूमिकामा छन् । यो २०२२ को मूल ‘कन्तारा’ को प्रीक्वेल हो, जसले कर्नाटकको तुलु क्षेत्रको भूत कोला परम्परा र कन्तारा जङ्गलको इतिहासलाई चित्रण गर्दछ ।
व्यापार विश्लेषकहरूका अनुसार, फिल्मले दोस्रो हप्तामा पनि राम्रो सम्भावना बोकेको छ र यसको कुल कमाइ ७०० देखि ८०० करोडसम्म पुग्न सक्ने अनुमान छ । यो २०२५ को सबैभन्दा सफल कन्नड फिल्म बनिसकेको छ ।









