देश । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताका नजिकिदै गर्दा यसको चर्चा पनि बढ्दो छ । किनकी यसपटक अघिल्लो सिजन भन्दा प्रतिष्ठित विदेशी खेलाडीलाई नेपालमा खेलेको दर्शकले देख्न पाउने छन् । यसैक्रममा वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल आउने भएका छन् । टी-२० क्रिकेटका ‘युनिभर्सल बोस’ को उपमा पाएका गेल आगामी चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतियोगिता खेल्न आउन लागेका हुन् ।
Nepal, the forecast for March is Stormy! @henrygayle has confirmed to play in the @eplt20official for @pokhararhinos! Are you ready for the Gayle Storm?#galligallimaGayle #GoGayle #GoRhinos #eplt20 pic.twitter.com/FuurBZ50ci
— EPL – Everest Premier League (@eplt20official) January 30, 2020
उनले आफ्नो धमाका हेर्नका लागि नेपाली समर्थकलाई तयार रहन आग्रह समेत गरेका छन् । उनले नेपाल आउन पाउदा उत्साहित भएको बताउँदै आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन् । क्रिस गेल इपिएल टिम पोखरा राइनोजमा आबद्ध भएको इपिएलले बिहीबार सार्वजनिक गरेको हो । ४० वर्षीय गेल विश्वका टी-२० क्रिकेट लिगका लागि चर्चित छन् ।










