संगीत । गायिका लक्ष्मी आचार्य र चर्चित गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘मन पराउछौ’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्री र अन्जली अधिकारीको रोमान्स देख्न सकिन्छ । गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइको सम्पाद भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।
बेलाबेलामा फरक फरक शैलीको गति सार्वजनिक गरेर चर्चामा रहने गरेकी लक्ष्मीलाई यो गीतले बालकदेखि बृद्धसम्मको रोजाइमा पर्ने विश्वास छ । डिबी खड्काको शब्द र बिनोद पराजुलीको संगीत रहेको डान्सिङ शैलीमा तयार पारिएको छ ।
कमेन्ट गर्नुहोस्










