संगीत । दिलकी परी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरज उदार तिम्सिनाको शब्द , दिपक बिसिको र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ । सङ्गीत संयोजनको काम भने सुमन केसीले गरेका छन् । म्युजिक भिडियोमा प्रदेशिको प्रेमकथामा देखाईएको छ ।म्युजिक भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड छन् । भिडीयोमा बुद्ध थापाको छायांकन ,डिनसन शाहको सम्पादन ,बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको छ । भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका छन ।
कमेन्ट गर्नुहोस्










