राजकुमार र विक्की बस्ने सोसाईटी ‘लक’

33 Shares

फिल्म । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण भइ रहेको लकडाउनले गर्दा बलिउड सेलिब्रिटी पनि आ- आफ्नै घरमा छन् । भारतमा पछिल्लो समय कोरोना भाइरसको महामारी बढ्दो छ । यसलाई रोक सरकारले ‘लकडाउन’ गरिरहेको छ । यसैक्रममा बलिउडका दुइ स्टार राजकुमार राव र विक्की कौशल बस्ने सोसाईटी शिलबन्दी भएको छ ।

त्यहिँ सोसाईटीमा बस्ने एक बालिकामा कोरोना भाइरस पोजेटिभ देखिएपछी त्यहाँ शिलबन्दी गरिएको हो । ति १० वर्षीय बालिका बलिउड निर्देशककै छोरी रहेको भारतीय मिडियामा उल्लेख छ । साथै , उक्त सोसाईटीलाई सेनिटाईज समेत गर्ने निर्णय गरिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्