फिल्म । बलिउडमा सन २०१२ मा फिल्म ‘विकी डोनर’ मार्फत प्रवेश गरेका आयुष्मान खुराना पछिल्लो समयका स्टार हुन् । डेब्यु फिल्म मार्फत नै सफलता हात पारेका आयुष्मानले लगातार तिन फिल्मबाट भने आफुलाई अगाडी बढाउँन सकेनन् । अभिनय राम्रो गरेता पनि फिल्मको सब्जेक्टलाई हलसम्म तानेन । फलत लगातार तिन फिल्म फ्लोप र मध्यम रहे । तर , सन् २०१५ मा आएको फिल्म ‘दम लगाके हैसा’ ले उनलाई सफलताको सिढीमा ल्याईपुर्यायो । त्यस फिल्मपछि उनको फ्यान बढे । उनले कन्टेनमा न्याय गर्न सक्ने संकेत पनि गरे । तर , त्यसपछि आएको मेरी प्यारी बिन्दु नामक फिल्मले उनलाई फेरी निराश बनायो । फिल्म असफल रह्यो ।
त्यसपछि उनले अभिनय गरेको फिल्म बरेली कि बर्फी आयो । सन् २०१७ को सुरुवातमा आएको फिल्म ‘मेरी प्यारी बिन्दु’ ले निराश बनाए पनि त्यसै वर्ष आएको बरेली कि बर्फी र शुभ मंगल सावधानले उनलाई हिट बनायो । बलिउड बक्स अफिसमा फिल्मले सफलता पायो । त्यसपछि उनले अभिनय गरेको फिल्महरु अन्धाधुन्द , बधाई हो , आर्टिकल १५ , ड्रिम गर्ल र बाला बलिउड बक्सअफिसमा सफल रहे ।
लगातार सात फिल्म सफल बनेपछि यतिबेला आयुष्मानको पारिश्रमिक पनि उकालो लागेको छ । अर्थात् उनले एक फिल्ममा अभिनय गरेवापत ३० करोड डिमाण्ड गर्न थालेका छन् । एउटा फिल्मको १० करोड पारिश्रमिक लिने गरेका खुरानाले अहिले त्यो रकम बढाएर ३० करोड पुर्याएका हुन् । पहिले एउटा फिल्मको २ करोड पारिश्रमिक लिने गरेका खुरानाले ‘बरेलीकी बर्फी’ को सफलतापछि १० करोड लिने गरेका थिए।(एजेन्सी)











