‘मेरो फिल्म चैत्र २८ मा किन नआउने ?’

फिल्म । यतिबेला चैत्र २८ को फिल्मको चर्चा बढ्दो छ । यो डेटमा आउने फिल्मले दर्शकको साथ् पाउने गर्छन । जसले गर्दा निर्मातालाइ आर्थिक रुपमा केहि सहायता मिल्छ । यसैले गर्दा यो डेटमा फिल्म ल्याउन निर्माता तथा निर्देशकले सकेको कसरत गर्छन । यतै छ पछिल्लो समय अर्जुन कुमारलाई पनि । उनि पछिल्लो समय आफ्नो हिट फ्रेनचाइज चपली हाइटको तेस्रो भाग दर्शकसामु ल्याउने तयारीमा छन् ।

छायांकन नसक्दै उनले फिल्म चैत्र २८ मा आउने घोषणा गरे । उनले चर्चाकै लागि घोषणा गरेका हुन् कि ? भन्ने धेरैलाई लाग्यो । तर , उनले यसलाई हल्का रुपमा नलिन आग्रह गरे । ‘मलाइ धेरैले सोध्नु हुन्छ फिल्म चैत्र २८ मा आउछ ? भने’ उनले भने,’मेरो फिल्म त्यो डेटमा किन नआउने ?’ उनले प्रतिप्रश्न गरे । उनले अब यो प्रश्न नसोध्न पनि आग्रह गरे ।

‘मेरो फिल्मको काम सबै सकिन्छ , हामी तयार छौ र पब्लिसिटी गरिरहेका छौ’ उनले भने । अर्जुनसंगै निर्देशक निकेश खड्का पनि तेस्रो प्रोजेक्टमा आइपुग्दा विश्वस्त छन् । ‘मलाइ यो अवसर र चुनौती दुवै हो त्यसैले यो फ्रेनचाइजको साख बचाउने गरि काम गरेको छु’ उनले भने । फिल्ममा आमिर गौतम , स्वस्तिमा खड्का , महेश त्रिपाठी , सुपुष्पा भट्ट , नव नायक प्रतीक श्रेष्ठ लगायतको अभिनय रहेको छ । क्राइम थ्रिलर भनिएको फिल्ममा नयाँपन पाउने निर्देशक खड्काले बताए । ‘चपली हाइट’को दुई शृंखला मध्ये पहिलोले व्यवसायिक सफलता पायो । भने, दोस्रोले सोचे जस्तो सफलता पाउन सकेकी थिएन । तेस्रो शृंखलाको कथाबस्तु बलियो भएकाले निर्माण पक्षले यसबाट सफलता मिल्ने आशा बोकेको छ ।

कमेन्ट गर्नुहोस्