फिल्म । बलिउडमा पछिल्लो समय हिट फिल्मको सिक्वेल बन्ने क्रम बढ्दो छ । यसमै जोडिने भएको छ , बन्टी और बब्ली । सन् २००५ मा रिलिज भएको शाद अलि निर्देशित फिल्मको सिक्वेल बन्ने घोषणा निर्माण कम्पनि यशराज फिल्म्सले गरेको छ । फिल्मको पहिलो भागमा रहेका कलाकारहरु अमिताभ बच्चन , अभिषेक बच्चन , रानी मुखर्जी यसमा दोहोरिने छैनन् । अर्थात यसलाई अहिलेको पुस्तासंग रिलेट गर्ने किसिमले तयार गरिनेछ । निर्माता आदित्य चोपडाले फिल्ममा शिद्धान्त चतुर्वेदी र शार्वारीले बन्टी र बब्लीको भूमिका निर्वाह गर्नेछन् ।
शिद्धान्तले ‘गल्लि ब्वाई’ मार्फत नै आफ्नो अभिनयको जादुलाई देखाईसकेका छन् भने शार्वारीले यसै फिल्मबाट डेब्यु गर्दैछिन् । यसलाई अहिलेको पुस्ता सुहाउदो कथामा तयार गरिने यशराज फिल्म्सले बताएको छ । यसको पहिलो भाग १३ करोडको लागतमा निर्माण भएको थियो भने ६४ करोडको कारोबार बक्सअफिसमा गर्न सफल भएको थियो । यो नामको मात्र सिक्वेल हुनेछ ।










