फिल्म । बलिउड अभिनेता सलमान खानको ठुला फ्यान मध्यका एक हुन् आर्यन सिग्देल । उनले बलिउडका खानलाई पछ्याउँन थालेको धेरै भैसकेको छ । उनले लगाउने ब्रासलेट र गर्ने फिल्मको जनरले पनि यसलाई प्रस्ट्याउछ । साथै , उनले आफु सलमानको फ्यान रहेको विभिन्न अन्तर्वार्तामा पनि बताईसकेका छन् । यिनै आर्यनले शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘ च च हुई’ मा प्रेमको भूमिका निर्वाह गरेका छन् । सलमानको क्यारेक्टर मध्य प्रियमै पर्छन् , प्रेम ।
यसैले आर्यनले यसलाई त्यहि अन्दाजमा प्रस्तुत गरेका छन् । ‘प्रेम चुलबुले छ र उसलाई आजभोलिको चिन्ता छैन्’ आर्यनले भने । नेपालबाट सानैमा हङकङ पुगेको छन् , प्रेम । काम र लाइफलाई सिरियस रुपमा नलिने प्रेम मोज मस्तीमै मस्त छन् । उनको लाइफमा कुनै उदेश्यनै छैन नत जीवनमा कोहि । उनका नातेदार भनौ वा साथि भोलानै छ । जोसंग उनिसंगै काम गर्छन । यिनै प्रेम एउटा परिस्थिति सिर्जना भएपछी नेपाल फर्किन्छन । नेपाल फर्किएर उनि हिमाल पुग्छन ।
त्यसपछि उनको जीवनले नयाँ मोड लिन्छ । फिल्ममा प्रेम अर्थात् आर्यन सिग्देल , भोला अर्थात भोलाराज सापकोटा , संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात माओत्से गुरुङको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पछिल्लो समय लभ स्टोरी जनरका फिल्ममा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रम-कम जनरको फिल्ममा देखिएका हुन् । दुइ बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ । जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको हो । आर्यन र भोला हङकङमा काम गरिरहेका दुइ युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् ।
फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।

फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।










