प्रेममा मस्त आँचल

फिल्म । पछिल्लो समय नायिका आँचल शर्माको सामाजिक सञ्जाल हेर्ने हो भने उनि प्रेममा रहेको अनुमान सहजै लगाउन सकिन्छ । डाक्टर उदीप श्रेष्ठसँग तस्वीर शेयर गर्न नहिच्किचाउने आँचलले सुरुका दिनमा प्रेम नभएता पनि साथी भन्दा माथिको सम्बन्ध रहेको उल्लेख गरेकी थिइन् । तर , चिनजान भएको एक वर्ष बितिसक्दा यी दुइ विवाह गर्ने मनसायमा पुगिसकेको बुझिन्छ । आँचल निकट श्रोतको कुरा मान्ने हो भने आँचलले आउँदो फागुनमा विवाह गर्ने तयारी पनि गरिरहेकी छिन् । यस विषयमा उनले आधिकारिक रुपमा अझै केहि बोलेकी छैनन् ।

तर , आँचल र उदीपको सामाजिक सञ्जाललाई केलाउने हो भने सङ्केत प्रष्टिन्छ । विहिबार मात्र आफ्नो भेटघाट भएको एक वर्षको खुसियाली यी दुइले साटेका छन् । एक बर्ष अघि भेट भएको दिन संझदै यो एक बर्ष निकै नै चाडो बितेको उल्लेख गरेका छन् । यतिमात्र होइन, दुइले जिन्दगीको सबैभन्दा मिठो १ बर्ष बिताएको भन्दै यसकारण एकअर्कालाई दिएका छन् । यी सब गतिविधिले विवाहको चर्चालाई थप मजबुत बनाएको छ ।

कमेन्ट गर्नुहोस्