फिल्म । राम गौतम निर्देशित फिल्म ‘प्रेम संसार’ को लोक शैलीको गीत सार्वजनिक भएको छ । ‘सुन सुन चम्पा’ बोलको सार्वजनक गीतमा ‘बुगी वुगी’ विजेता कविता नेपालीसँगै फिल्मका प्रमुख अभिनेता प्रेम सोनी र अभिनेत्री मोनिका दाहालले ठुम्का लगाएका छन् । गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर छ ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको कोरियोग्राफर एकेन्द्र सारा संसार हुन् । गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक गौतमले जानकारी दिए । पारिवारिक प्रेमकथामा फिल्म आधारित फिल्म मंसिर १३ गतेबाट प्रदर्शनमा आउने छ । फिल्ममा प्रेम र मोनिकासँगै आयुष्मा कार्की, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको पनि अभिनय छ ।
सोनी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको कथा प्रेम बहादुर सुनार (गहतराज) ले लेखेका हुन् । भने, फिल्मका निर्माता पनि उनी नै हुन् । दिपेन्द्र बस्न्यातले फिल्म खिचेका हुन् । कमल सुनार र सीता सुनार पनि निर्माता रहेको फिल्मका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । यो फिल्ममा शंखर महर्जनको एक्सन छ ।










