मलंगवाको सिटी फुड सेन्टरमा आगलागी

सांकेतिक तस्वीर

देश । शुक्रबार बिहान सर्लाहीको सदरमुकाम मलङ्गवामा एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविकोे सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन गरेको सिटी फुड सेन्टरमा आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रारम्भिक रुपमा बुझिएको छ ।

पसलभित्र रहेका फ्रिजलगायत सबै सरसामान जलेर नष्ट भएको बुझीएको छ । बिधुत चुहावट भई आज बिहान ५ः४५ बजेको समयमा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तर , पिडित पक्षले भने अज्ञात व्यक्तिले सटरको मुनिबाट पेट्रोल हाली आगजनी गरेको दाबी गरेका छन् । नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो ।

कमेन्ट गर्नुहोस्