फिल्म । छायाँकनरत फिल्म ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको भईसकेको छ । फिल्मको टोली गत भाद्रको पहिलो साता युरोपमा छायाँकनको लागी पुगेता पनि उपलब्धि भएन । त्यसपछि फिल्मको छायाँकन नेक्स्ट सेड्युल भन्दै सरेको थियो । तर , अब फिल्ममा दयाहाङ राई नहुने बुझिएको छ ।
फिल्मनगरीको हल्लालाई आधार मान्ने हो भने दयाले दिएको डेटमा छायाँकन नभएपछी उनले फिल्म छाड्न बाध्य भएका हुन् । उनले ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज अगाडी र रिलिज पछाडीको समय ‘लप्पन छप्पन’ लाई उपलब्ध गराएको समेत बुझिएको छ । दसैँ तिहारपछी दयाले उपेन्द्र सुब्बाको फिल्मको फिल्मलाई समय दिएकाले दयाले फिल्म छाडेको चर्चा छ । त्यसैले केहि समय अगाडी सार्वजनिक फस्टलुक पोस्टरमा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा मात्र फिचर्ड छन् । फिल्मका निर्देशक मुकुन्द भट्ट हुन् । अघिल्लो पार्ट पनि उनले नै निर्देशन गरेका थिए ।
दयाको बारेमा बुझ्न खोज्दा मुकुन्दसँग सम्पर्क हुन् सकेन । फिल्ममा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाएका छन् । फिल्ममा सौगात र अर्पणसँगै अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ । पुरुषोत्तम प्रधान छायाँकार रहेको फिल्मलार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन्










