क्याप्टेन गीतको कथा ‘सहज थिएँन सुन्दरता कैद गर्न’

फिल्म । यसवर्षको प्रतिक्षित फिल्म मध्यको एक ‘क्याप्टेन’ पहिलो गीत सार्वजानिक भएको छ । सार्वजनिक पहिलो गीतमा अनमोल केसीसँग डेब्यु गर्ल उपासना सिंह ठकुरी फिचर्ड छिन । गीतको अधिकाँस दृश्यमा हिमाली भेगको सुन्दरतालाई देखाइएको छ । यस गीतमा दिग्गज धौरालीको शब्द , अर्जुन पोखरेलको संगीत तथा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । गीतमा कविराज गहतराजको निर्देशन रहेको छ भने यसमा नवराज उप्रेतीको छायाँकन र सुदिप बरालको डिओपी रहेको छ ।

गीतलाई मनाङ , मुस्ताङ , जोमसोमका रमणीय दृश्यसँगै काठमाण्डौमा छायाँकन गरिएको छ । गीतमा देखिएका केहि दृश्यले नेपाल कति सुन्दरछ भने पनि प्रस्ट्याएको छ । अर्थात् गीतमा देखिएको लोकेसनको चर्चा सर्वत्र छ । तर पर्दामा देख्दा जति आनन्द आउछ , छायाँकनमा भने त्यति सहज थिएन । ‘हामीले लोकेसन छनौटमा निकै समय लगायौ र निकै जोखिम मोलेर छायाँकन गर्यौ’ डिओपी सुदिप भन्छन ‘हामीले मौसमको अनुसार छायाँकन गर्यौ , साथै तापक्रम माइनस हुदा कलाकारलाई निकै गाह्रो भयो ।’

सुदिपसंगै नवराजले निकै मेहनत गरेका छन् । एक दृश्यको छायाँकन गर्दा गर्दै टिटीलेकमा उपासना लडेकी थिइन् । ‘उपासना तालमा झन्डै डुबिनन् , छायाँकनकै क्रममा त्यस्तो भयो’ फिल्मका निर्देशक दिवाकर भट्टराईले भने ‘नवराजले आफ्नो ज्यान दाउँमा लगाएर उपासनालाई बचाए ।’ सुदिपले पनि नवराजको साहसको कदर गरे । ‘चिसो मौसम अनि तालमा छायाँकन हेर्दा हेर्दै उपासना पानिमा लडिन तर नवराजले उनलाई बचाए’ सुदिपले पनि शुटिङ सम्झिए ‘त्यसदिन हामीले अन्य दृश्य छायाँकन नै गर्न सकेनौ ।’

अनमोल त फिल्मी माहोलमै हुर्किएका थिए तर उपासनाको हिम्मतको पनि सुदिप र दिवाकर प्रसंसा गर्छन । ‘हामीले त्यसपछी छायाँकन गर्न सक्छौ जस्तो लागेको थिएँन किनकी उपासना नयाँ थिइन् तर उनले हामीलाई सहज हुने किसिमले वातावरण तयार पारेर सहयोग गरिन्’ सुदिप भन्छन ‘हामीले मनाङको पनि नर्थ साइडमा छायाँकन गर्यौ , जहाँ कम फिल्म छायाँकन हुन्छ ।’ दिवाकर पनि स्टारको फिल्म मार्फत नेपालको सुन्दरता देखाउनु पर्ने बताउछन् । ‘हामीले हाम्रै सुन्दरतालाई देखाउन सक्नुपर्छ , त्यसमाथि नेपाल प्राकृतिक रुपमै सुन्दर छ’ उनले गीतमा सुन्दर दृष्य कैद गर्ने सुदिप र नवराजलाई धन्यवाद दिए । फिल्मको गीतको छायाँकन दुई दिन भने काठमाण्डौमा गरिएको हो ।

यसैफिल्म मार्फत उपासनासँगै प्रियंका एमभीले पनि अभिनयमा डेब्यु गर्दैछन् । फुटवलरको कथा देखाइएको फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् भने यसलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको डिओपी , नवराज उप्रेतीको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।

कमेन्ट गर्नुहोस्