प्रभासको नयाँ फिल्म ‘जान’

फिल्म । बाहुबली सिरिज मार्फत स्टार बनेका प्रभासले पछिल्लो रिलिज फिल्म ‘साहो’ मा आफ्नो स्टारडमलाई प्रस्ट्याई सकेका छन् । उनकै कारण फिल्मले सुरुवाती व्यापार निकै आक्रामक गरेको थियो । यिनै प्रभासले नयाँ फिल्म ‘जान’ को पहिलो सेड्युल सकाएका छन् । राधाकृष्णले निर्देशन तयार भईरहेको फिल्मको पहिलो सेड्युल समेत सकिएको छ ।

फिल्मको पहिलो सेड्युल स्पेन र इटलीमा सकिएको हो । फिल्ममा प्रभास एक ज्योतिषको भूमिकामा छन् भने उनको को-स्टार छिन् पुजा हेग्डे । प्रभास र पुजाको जोडी दर्शकको लागि नयाँ देखिनेछ । प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा खलपात्रमा जगपथी बाबुलाई अनुबन्ध गरिएको छ । फिल्मकै लागि प्रभासले आफ्नो बडीमा परिवातन समेत गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्