संगीत । भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्वेली भाकामा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो । उमेश रेग्मीको शब्द संगीतमा रहेको जति हेर्यो बोलको गीतमा राज पौडेलको स्वर रहेको छ । पुर्वेली भाकाको शैलीमा रहेको गीतमा भिमफेदी गाइजको साथमा एलिशा राईको अभिनय रहेको छ ।
सांस्कृतिक कार्यक्रमको थिममा तयार गरेको गीतको भिडियोलाई एलिशा राईले कोरियोग्राफी गरेकी हुन् । निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने पवन सुस्लिङले नै सम्पादन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्










