फिल्म । पछिल्लो समय भारतीय अभिनेतामा प्रभास अग्रपंक्तिमा पर्छन् । उनले अभिनय गरेको फिल्म ‘बाहुबली’ ले उनलाई स्टार बन्यो । साउथ इण्डियाबाट भारत मात्र होइन , विश्वभर परिचित बनायो । यिनै प्रभासले अभिनय गरेको पछिल्लो फिल्म ‘साहो’ ले पनि लगानी उठाउदै केहि मुनाफा गर्यो । स्याटेलाइट , डिजिटल , नेटफ्लिक्स सहित हलको आम्दानी जोड्दा प्रभास अभिनित फिल्म ‘साहो’ ले निर्माताको लगानी उठायो ।
फिल्मले नकारात्मक प्रतिक्रिया पाएता पनि प्रभासकै कारण दर्शक हलसम्म पुगे । यसैले गर्दा पनि उनको नेक्स्ट फिल्म कुन ? भन्ने चर्चा र जिज्ञाषा छ । यसै बीच प्रभासले ‘रामायण’ मा अभिनय गर्न लागेको खबर बाहिरिएको छ । बि-टाउनको चर्चालाई आधार मान्ने हो भने उनलाई फिल्मका निर्देशक नितेश तिवारीले अफर गरेका छन् । फिल्ममा उनलाई रावणको भूमिका अफर गरिएको हो ।
फिल्म हिन्दीसँगै तमिल , तेलुगु , कन्नड लगायतका भाषामा पनि निर्माण हुने भएकोले निर्माताहरुले साउथको ठुलो स्टारलाई फिल्ममा लिन चाहन्छन । नितेशले आफ्नो प्रोड्युसर टिम सहित प्रभासलाई प्रस्ताव राखिसकेका छन् । अब उनको उत्तरको प्रतिक्षामा टिम छ । झन्डै ६ सय करोड बजेटमा निर्माण हुने भनिएको फिल्ममा ऋतिक रोशनले रामको भूमिका निर्वाह गर्दै छन् भने दीपिका पादुकोणले सीताको । यसैले गर्दा पनि यो फिल्म प्रतिक्षित छ । (एजेन्सी)












