टिभी । लामो समयको पर्खाइ पश्चात कपिल शर्माको शो टिभीमा आउने भएको छ । सोनी टेलिभिजनबाट प्रसारण हुदै आइरहेको शो केहि समय यता बन्द छ । होस्ट कपिल दोस्रो पटक पिता बनेपछि ब्रेक लिएका थिए । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गर्दा गेस्टहरु अभाव हुने भएकाले पनि कपिलको ब्रेकमा निर्माण पक्ष समहत भएका थिए ।
कोरोना भाइरसको कारण फिल्महरु रिलिज नभएपछि कपिलको शोमा गेस्टहरु आकर्षण घट्दै गइरहेको थियो । त्यसैलाई मध्यनजर गर्दै कपिलले ब्रेक लिए । तर , पछिल्लो समय शोहरु पुनः सुरु हुन् थालेपछि आउँदो महिना देखि कपिल शर्मा शो प्रसारण हुने अनुमान गरिएको छ । यतिबेला उक्त समयमा प्रसारण भइरहेको शो इन्डियन आइडलको सिजन सकिएपछि कपिल टिभीमा देखिनेछन् ।
चाँडै प्रसारण हुने सोका लागि कपिलले संवत टिजर छायांकन गरेका छन् । कपिलले हालै सोसल मिडिया एकाउन्टमा टीमसँग एउटा सुन्दर तस्विर सेयर गर्दै उल्लेख गरेका छन् ,‘पुराना अनुहारसँग नयाँ सुरुआत ।’ आउने सिजनमा पनि कपिलसँगै भारती सिंह, कृष्णा अभिषेक, कीकू शारदा, चंदन प्रभाकर र सुदेश लहरी पनि हुनेछन् । (एजेन्सी)












