टिभी । निर्देशक शोभित बस्नेतको निर्देशनमा पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ लाई दर्शकले हेर्न पाउने भएका छन् । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।
पारिवारिक जीवनको आरोह अबरोह प्रस्तुत गरिने ‘कुल खानदान’ मा नीर शाह,सपना श्रेष्ठ,उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा,अस्मिता जुरेली,संगम भण्डारीलगायत नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् । सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् ।
रामकाजी घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् । टेलिसिरियल भए तापनि ‘कुल खानदान’ लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ । झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुल खानदान’ ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन् ।










