‘तीजको लहर’ सार्वजनिक (भिडियो)

सङ्गीत । हिन्दु नारीहरुको विशेष पर्व मानिने हरितालिका तीजलाई लक्षित गर्दै गीतसंगीतहरु सार्वजनिक भइरहेका छन् । यहिँ सन्दर्भमा गायिकाद्वय मेलिना राई र अनु चौधरीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तीजको लहर हो’ बोलको गीतमा डिपी खनालको शब्द र ताराप्रकाश राईको सङ्गीत रहेको छ ।

गीतको सार्वजनिक भिडियोमा समारिका र स्मारिका ढकाल, दिपा शाहि, सुशीला थापा, आभा थापा, बिना राउत लगायतले नृत्य गरेकाछन् । नोभिष आर्ट्सका संचालक मध्येका एक आशिष कोइरालाले गीतले शब्दलाई न्याय गरेको बताए । ‘तीज लक्षित गीतको भिडमा भिन्न हुने किसिमले हामीले तयार गरेका छौं । यसको प्रस्तुतीकरण फिल्मी छ भने यो विना सम्झौता तयार गरेका छौं’, संचालक कोइरालाले भने ।

गीतमा अर्जुन तिवारीको छायांकन, राजिव समरको नृत्य निर्देशन र शान थापाको निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्