ऋचा भन्छिन्,‘चि मुसी चि बलियो हरर फिल्म हो’

फिल्म । अभिनेत्री ऋचा शर्मा फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनले ‘भिसा गर्ल’मार्फत निर्मात्रीको रुपमा आफूलाई चिनाएकी थिइन् । यिनै ऋचाले ‘आधा लभ’,‘सुनकेशरी’ निर्माण गरिसकेकी छिन् । विगतमा गरिएको कामको समीक्षा गर्दै ऋचाले आफू अभिनित ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ राम्रो बनेको बताइन । आफैँ अभिनित तथा निर्मित फिल्म ‘सुनकेशरी’को कमजोरीलाई स्वीकार्दै आफूले बनाउन चाहेको फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ बनेको प्रस्ट्याइन ।

‘हामीले बनाउन चाहेको फिल्म यस्तै थियो । चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङले हलसम्म आउने दर्शकलाई भरपुर मनोञ्जन दिन्छ’, अभिनेत्री शर्माले भनिन्,’यसको विषयवस्तुले नै मलाई फिल्मसँग जोडेको हो । हाम्रो प्रयाश दर्शकलाई निराश नबनाउने हो ।’ नेपालमा हरर फिल्मको दर्शक भएकोले पनि राम्रो टिमले निर्माणमा निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

मर्ण जेम्स र यश सैनी निर्देशित फिल्ममा ऋचासँगै प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ । निर्देशकद्वय मर्ण र यशकै कथा/पटकथा रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको सिनेमामा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् । फिल्म पुस २२ देखि प्रदर्शनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्