‘बुढो हुन मन छैन’ (भिडियो)

संगीत । अभिनयसँगै गायनमा पनि चिनिन्छन वरिष्ठ कलाकार हरिवंश आचार्य । उनले थोरै गीत गाएका छन् तर ति सबै दर्शक तथा श्रोताको मनमा बस्न सफल छन् । यिनै हरिले नयाँ गीत ‘बुढो हुन मन छैन’ सार्वजनिक गरेका छन् । गत शुक्रबार आफ्नै युट्युब च्यानल मह सञ्चार मार्फत गीत सार्वजनिक भएको हो ।

बुढ्यौलीको अनुभूति समेटिएको गीतमा उनले बुढ्यौली शैलीमै गाएका छन् । भिडियोमा उनिसँगै नरेन्द्र कंसकार फिचर्ड छन् भने यसलाई सुदन केसीले निर्देशन गरेका हुन् । गीतलाई जीवित जलामीले एरेन्ज गरेका हुन् भने भिडियो दिर्घ गुरुङले खिचेका हुन् । यसमा नहकुल खड्काले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्