फिल्म । नेपाल सरकारले यसवर्षको बजेटमार्फत् फिल्म छायांकनका लागि काठमाडौंमा सुविधा सम्पन्न इन्डोर फिल्म स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ । उक्त घोषणासंगै उक्त स्टुडियो एनएफडिसीमा निर्माण गर्न सुचना , सञ्चार तथा प्रविधि मन्त्रि गोकुल बास्कोटाले चलचित्र विकास बोर्ड अध्यक्षलाई निर्देशन दिएका छन् । बोर्डको १९ औ वार्षिक उत्सवमा बोल्दै आफुले उक्त जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने बताएका छन् । ‘त्यो सरकारी जग्गा फिल्मनगरीको हितका लागि दिएका हौ , कसले के गर्दैछ’ उनले भने भने ‘ त्यो जग्गा फिर्ता ल्याइन्छ ।’
उनले त्यसमा अतिक्रमण गरेर बसिरहेकालाई कानुनत नछाड्ने समेत घोषणा गरे । ‘हामीले त्यसलाई सम्रग फिल्मनगरीको हितका लागि दिएका हौ तर एउटा व्यक्ति वा समुहले मात्र फाइदा लिईरहेका छन् , अब छाड्दैनौ’ उनले भने । नेपाली फिल्मको प्रवर्धनका लागि नेपाल सरकारले वर्षौअघि बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडिसीको नाममा २७ रोपनी जग्गा उपलब्ध गराएको थियो । तर, यो जग्गा अहिले खुम्चिएर ६.७५ रोपनीमा आइपुगेको छ ।
सरकारले काठमाडौंमा सुविधा सम्पन्न फिल्म स्टुडियो निर्माण गर्ने घोषणा गरेसँगै चलचित्रकर्मीले एनएफडिसीको नाममा रहेको २७ रोपनी सरकारी जग्गाको बारेमा चासो देखाएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जग्गाको प्रक्रिया कानुनी रुपमा अगाडी बढेको बताए । ‘हामीले निर सर , यादव सरसंग छलफल गरेर कानुनी प्रक्रियालाई अगाडी बढाएका छौ , अब छिटै रिजल्ट आउछ’ बोर्ड अध्यक्ष भट्टराईले भने ।












