फिल्म । यतिबेला विश्वले गर्ने कुरा हो , कोरोना भाइरसको बारेमा । गत वर्ष चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण यतिबेला विश्वमा छ । सामाजिक दुरी कायम गर्न विश्वका अधिकाँस देशले लकडाउन गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न जन चेतना फैलाउने काम बढ्दो छ । यसलाई लिएर कविता , गीत लगायत बनिसकेका छन् ।
मनोरंजन क्षेत्रनै ठप्प रहेको बेला क्यानडाका निर्देशक मोस्तफा केसवानीले भने कोरोनाबारे फिल्म नै बनाएका छन् । लिफ्टमा अड्किएका सात व्यक्तिको कथामा आधारित उक्त फिल्ममा तीमध्ये एकजनालाई खोकी लागेपछि सुरु भएको संघर्षको कथा छ । कोरोना भाइरसबारे बनेको यो नै पहिलो फिल्म भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकासँगै जोडिएको क्यानडामा पनि कोरोना संक्रमण बढ्दो क्रममा छ।
केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ (एउटा डरलाग्दो भाइरस कोरोना) फिल्म निर्माण गरेका हुन् । गत फेब्रुअरीको दोस्रो सातामा नै छायांकन गरिएको फिल्मको सम्पादन सकिएको र चाँडै प्रदर्शनमा आउने निर्देशकले जनाएका छन् । (एज्नेसी)









