‘सानो मन युवाको कथा’

फिल्म । असार २७ बाट फिल्म ‘सानो मन’ प्रदर्शनमा आउंदैछ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्मलाई म्युजिकल लभ स्टोरी भनिएको छ । फिल्मबाट निर्देशनमा सुयिग गुरुङले डेब्यु गर्दैछन् । आफ्नो ड्रिम प्रोजेक्टमा कुनै सम्झौता नगरिएको उनले बताए । ‘हामीले आफैले सोचेर लभ स्टोरी बनाउंदा पनि त्यो कतै कहिँ अलिकति मिल्छ नै’ सुयोग भन्छन् ‘प्रेम गर्ने तरिका एकै हो त्यसैले पनि भाव उस्तै लाग्छ तर प्रस्तुतीकरण भने नौलो हुनु पर्छ ।’

उनले प्रस्तुतीकरणमा सक्दो मेहनत गरेको बताए । ‘प्रेम त उस्तै हो तर हामीले प्रस्तुत गर्ने शैली भने फरक छ’ डेब्यु निर्देशक विश्वस्त सुनिए । सुयोग झैँ आयुष्मान पनि फिल्मले मन छुने बताउछन् । ‘म्युजिकल लभ स्टोरी हो त्यसैले युवा पुस्ताले कही कतै रिलेट नै गर्छ’ उनले भने । फिल्ममा उनको क्यारेक्टर निर्वाणको छ । आयुष्मानले कुराकानीकै क्रममा शिल्पा को-स्टारको रुपमा सहज रहेको समेत बताए ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् ।

काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रीत बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । म्युजिकल लभस्टोरी रहेको उक्त फिल्मका दुई गीत तथा ट्रेलर पनि सार्वजनिक भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्